परशुराम । डडेल्धुरा जिल्लाकाे परशुराम नगरपालिका स्थित जाेगबुढा क्षेत्रमा प्रदेश स्थरीय अन्डर -१९ क्रिकेट प्रतियोगिता सुरु भएकाे छ । नेपाल क्रिकेट संघकाे वार्षिक कार्यतालिका अनुसार सुदूरपश्चिम प्रदेश क्रिकेट संघकाे आयोजना र परशुराम नगरपालिकाकाे सहकार्यमा प्रदेश स्थरीय अन्डर -१९ क्रिकेट प्रतियोगिता सुरु भएको हाे ।








क्रिकेट प्रतियोगिता उद्घाटन खेलमा डडेल्धुरा जिल्लाले विजयी शुरुवात गरेको छ । ८ ओटा टिम सहभागी उक्त प्रतियोगिता असार १ गते सम्म सञ्चालन हुनेछ ।आइतबारबाट सुरु भएको प्रतियोगिता परशुराम नगरपालिकाका प्रमुख भरत बडायर जाेशीले उद्घाटन गर्नुभएको थियाे ।
