परशुराम । डडेल्धुरा जिल्ला स्थित परशुराम धाममा साहित्य महोत्सव हुने भएको छ । रंगुन साहित्य प्रतिष्ठानको सहकार्य तथा परशुराम नगरपालिकाको आयोजनामा परशुराम धाममा जेठ १० र ११ गते साहित्य महोत्सव हुने भएको हो । विविध साहित्यका क्षेत्रमा साहित्य, कला, सस्कृति, नेपाल भारत सम्बन्ध, लगायतका कुराहरुमा वहसमुलक कार्यक्रम गरिनेछ । जसमा विभिन्न राजनितिक दलका विभिन्न उच्च व्यक्तित्व हरुको समेत सहभागिता हुनेछ । यो सँगै मदनपुरस्कार विजेता रामलाल जोशी, विवेक ओझा र नवराज लम्साल पनि साहित्य महोत्सवमा आउने कार्यक्रम रहेको छ ।
विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरि नगरपालिकाले निमन्त्रणा दिने लगायतका विभिन्न कार्यहरु तिव्र पारेको छ । जस अन्तर्गत शिक्षा क्षेत्रको तर्फबाट सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा. हेमराज पन्त सहभागी हुनेछन् भने स्वास्थ्य क्षेत्रबाट डा. अरुणा उप्रेती साहित्य महोत्सवमा सहभागी हुने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।
यो सँगै प्रशासनिक क्षेत्रबाट सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव हरि लम्साल, युवा तथा खेलकुदको क्षेत्रमा पारस खड्का, धार्मीक क्षेत्रबाट भारत स्थित पूणागिरी मन्दिर परिसरका प्रमुख पुजारी, परशुराम क्षेत्र सम्बन्धि विशेष जानकार, पत्रकारिता क्षेत्रबाट पत्रकार जीवराम भण्डारी, टिकाराम यात्री, भुषण दाहाल र राजेन्द्र बाँनिया समेतको सहभागी हुने कार्यक्रम भएको परशुराम नगरपालिकाका प्रमुख भरत बडायर जोशीले बताएका छन् । उहाँका अनुसार साहित्य महोत्सवमा आउने विशिष्ट व्यक्तित्व अझै थपिँदै जानेछन् ।
जसका लागि कार्यक्रम निमार्ण स्थल परशुराम धाममा टेन्ट निमार्ण गर्ने कार्य तिव्र पारिएको अवस्था छ ।
