हावाहुरी प्रभावित क्षेत्रमा नगरपालिका सुरु गर्याे मर्मत गर्ने काम

परशुराम । डडेलधुरा जिल्ला स्थित परशुराम नगरपालिकामा हावाहुरीले प्रभावित गरेकाे क्षेत्रमा मर्मत गर्ने कार्य सुरु भएको छ । बुधबार साँझ आएको हावाहुरीले नगरपालिकाका विद्यालय र स्थानीय घरमा क्षति पुगाएपछि नगरपालिकाले प्रभावित क्षेत्रमा मर्मत गर्ने कार्य सुरु गरेकाे हाे ।

नगर प्रमुख भरत वडायर जाेशीका अनुसार विद्यालय र स्थानीय नागरिकको घरकाे छाना हावाहुरीले उडाएको छ । “हावाहुरीले घर छाना भत्काएपछि हामीले विपद् व्यवस्थापनकाे बैठक बसाएर पिडित पक्षलाई राहातकाे लागि उडाएको छानाकाे यथाशीघ्र मर्मत गर्ने निर्णय गरेकाे अवस्था छ ।” नगर प्रमुख जाेशीले भन्नुभयो, “हामीले आजै बाट हावाहुरीले प्रभावित क्षेत्रकाे अनुगमन गरेर उडाएको छाना मर्मत गर्ने कार्यकाे पनि सुरु गरेका छाैँ ।”
यसैगरी केही समय अगाडि समेतका आगलागी र हावाहुरीले क्षति पुगेका अन्य क्षेत्रकाे पनि क्षतिको मुल्यांकन गरेर नगरपालिकाको श्राेत साधनले भ्याएसम्म सहयोग स्वरुप राहत प्रदान गरिने उहाँले बताउनुभयो ।


आवेदनअनुसार छनोट गरेर अध्ययनका लागि छात्रवृत्ति दिइने छ।

व्य

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top